प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदै



१९ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीले मे महिनाको ९ देखि १३ तारेखसम्म भियतनाम र १३ देखि १५ तारेखसम्म कम्बोडियाको भ्रमण गर्नेछन् ।

प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी जनाउने छन् ।

भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश भएकाले प्रधानमन्त्रीको भ्रमण नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने मन्त्री ज्ञवालीले बताए ।

सो कुराको जानकारी बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्