खाना पकाउने ग्यासकोे मूल्य २ थरी कायम गर्न सरकारलाई सांसदहरुको आग्रह



१९ बैशाख २०७६, काठमाडौं

सांसदहरुले खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न सरकारलाई माग गरेका छन् ।

बिहिबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले व्यवसायिक र व्यक्तिगतलाई छुटाछुट्टै हुनुपर्ने माग राखेका हुन् ।

व्यवसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेका कारण दुई थरी मूल्य कायम गनुपर्ने उनको माग छ ।

यसअघि निलो र रातो रंगको ग्यास प्रयोगमा ल्यईए पनि कमिशनको कारण सफल हुन नसकेको भन्दै अब भ्याट फिर्ता बैंकमार्फत हुनुपर्ने सांसद श्रेष्ठले बताए

प्रतिक्रिया दिनुहोस्