२० बैशाख २०७६, काठमाडौं
भारतमा वितण्डा मच्चाईरहेको चक्रवात ‘फानी’ नेपाल नआए पनि शनिबारसम्म मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र भोलि वर्षा हुने सम्भावना रहेको छ ।
मुलुकको पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा वर्षासहित सामान्य हावाहुरी चल्ने बताईएको छ ।
“मुलुकका केही स्थानमा भने भारी वर्षा हुन सक्छ ।” विभागले भनेको छ,
चक्रवात ‘फानी’ बंगालको खाडीमा ओडिसाको तटीय क्षेत्रमा पुगेको छ ।