बालुवाटार प्रकरणमा चारतारे होस् वा लालतारे, छाडिन्नँ : मन्त्री बाँस्कोटा



२० बैशाख २०७६, काठमाडौं

सरकारले बालुवाटारको जग्गा हडप्ने कार्यमा चारतारे वा लालतारे जो भए पनि नछाड्ने बताएको छ ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले यस्तो बताएका हुन् ।

जग्गा प्रकरणमा कांग्रेस सभापति सेर बहादुर देउवाको नाम पनि जोडिएपछि छानबिन हुन्छ, कि हुँदैन भनेर भन्ने पत्रकारहरुको प्रश्नलाई सिरोधार्य गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।

“जग्गा अतिक्रमणको विषय कोहीप्रति रिसईभी साँध्न ल्याएको होइन । पुरातात्विक उत्खनन भित्र पनि पर्दैन । यो सुशासन र सरकारी सम्पत्तिको रक्षाभित्र पर्छु ।” मन्त्री बाँस्कोटाले भने । ‘यसमा चारतारे परोस् वा लालतारे परोस् हामी छा्डदैनौं ।’

उनले सरकारको पोजिसनसमेत स्पष्ट भईसकेको बताए ।

लालपुर्जामा महासचिव, सभापति वा पूर्व प्रधानमन्त्री भनेर नलेखिने भएकाले दोषीलाई कारबाही गर्ने बताए ।

“हामी यति जान्दछौं कि मुलुकको नियम कानूनले व्याख्या गरेका चिजहरुको उल्लंघन भएमा ठेगानमा ल्याउनु सरकारको दायित्व हो ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस्