२० बैशाख २०७६, काठमाडौं
आईसीसी टी–२० वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।
आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरियताको ११ औं स्थानमा रहेको छ ।
गत महिना १४ औं स्थानमा रहेको नेपालले तीन स्थान सुधार गर्दै अहिले ११ औं स्थानमा आसिन छ ।
११ औं स्थानमा रहेको नेपालको २१२ अंक रहेको छ । यूएई सिरिज २–१ ले जितेपछि नेपालको टी–२० वरियतामा सुधार भएको हो ।
नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ ।
नेपाल भन्दा एक स्थान तल १२ औं स्थानमा रहेको स्कटल्याण्डको १९९ अंक रहेको छ ।