२० बैशाख २०७६, काठमाडौं
प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्ट्राचारी जो सुकै भएपनि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
“भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं, यसले वास्तवमै भ्रष्ट्राचार रोक्नेछ ।” उनले भने । ‘अब सरकारले देखावटीमा होईन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छ, सबै ढुक्क भएहुन्छ प्रधानमन्त्री ओलीले भने ।
पहिलेको जस्तो चर्चामा आउन देखावटी रुपमा काम नगर्ने भन्दै उनले सरकारले भ्रष्टाचारको अन्त्य गर्न एक्सन लिन थालिसकेको समेत उनले बताए ।