यो सिजन मेरो अन्तिम हुनेछ, अब मैले प्रशिक्षकको रुपमा जीवन बिताउने छु : जाभी



२० बैशाख २०७६, काठमाडौं

बार्सिलोनाका पूर्व खेलाडी तथा स्पेनका मिडफिल्डर जाभी हर्नान्डेजले खेलाडी जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

३९ वर्षीय जाभी अहिले कतारी क्लब अल सद एससीमा आबद्ध छन् ।

सन् २०१० को विश्वकप स्पेनले आफ्नो पोल्टामा पार्दा स्पेनको मुख्य खेलाडी उनी नै थिए ।

त्यस्तै, जाभीले बार्सिलोनालाई ८ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको ट्रफि दिलाउन महत्वपूर्ण भूमिका खेलका छन् ।

“सन्यासको घोषणा गर्दै जाभीले भनेका छन्, “यो सिजन मेरो अन्तिम हुनेछ, अब मैले प्रशिक्षकको रुपमा जीवन बिताउने छु ।”

२१ वर्षे लामो खेलाडी जीवनबाट यसी सेसनको अन्त्यपछि विदा लिने उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्