२३ बैशाख २०७६, काठमाडौं
काठमाडौंका ५ सय किमिभन्दा बढी सडक विस्तारको काम दुई वर्षदेखि ठप्प छ । कालीमाटी–कलंकी, कलंकी–नागढुंगा, बौद्ध–जोरपाटी–साँखु, लगनखेल–सातदोबाटोलगायतका सडकका काम ठप्प भएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी सडकको मापदण्डले तोकिएको सडकको दूरीभित्रको संरचना हटाउँदै सडक विस्तार गर्न लाग्दा सडक खण्डछेउका स्थानीय मिलेर सर्वाेच्चमा रिट हालेपछि अदालतले जारी गरेको अन्तरिम आदेशले ती सडकको काम प्रभावित बनेको थियो ।
पछि सर्वाेच्चले उचित मुआब्जा दिएर मात्रै घर भत्काई सडक विस्तार गर भने पनि सरकारले बजेट दिन इन्कार गरेपछि सडक विस्तारको काम झन् अन्योल बनेको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले ५० अर्ब बढी क्षतिपूर्ति रकम सडक विस्तारका लागि दिन नसक्ने बताए ।