२३ बैशाख २०७६, काठमाडौं
सफल शिक्षासेवी दुर्गानाथ सिवाकोटी शिक्षा क्षेत्रका एक चम्किलो तारा हुन् जो आज जोरपाटी क्षेत्रमा हजारौं विद्यार्थीको उज्यालो भबिष्य निर्माण गर्दै चम्किरहेका छन् ।
उनको लगनशिलता र मिहिनेत हेर्दा यस्तो लाग्छ कि असम्भव भन्ने कुरा दुनियाँमा केही छैन् । बिद्यार्थीको क्षमता बिस्तारका लागि हरेक समय सोचिरहने उनको मुख्य ध्येय नै बिद्यार्थीलाई कसरी बहुआयामिक बनाउन सकिन्छ भन्ने हुन्छ । उनी शिक्षक मात्र हैनन् धेरै बिद्यार्थीका अभिभावक पनि हुन् एउटा अभिभावकले गर्ने कर्तब्य पनि उनले निभाईरहेका हुन्छन् । फराकिलो मन भएका दीर्घकालिन सोच र बिचार भएका उनी मिजासिला स्वभावका छन् जसले सवैको मन र बिश्वास जितेको छ ।
बाल्यकाल
मोरङ जिल्लाको सिजुवामा नरप्रसाद सिवाकोटी खिममाया सिवाकोटीको कोखबाट २०२८ सालमा उनको जन्म भएको थियो । उनको परिवारको व्यवसायीकताको कारणले सिवाकोटीले बाल्यकालमा आफू जन्मेको स्थानमा हुर्कन पाएन । उनले मोरङ, पाँचथर झापाको दमक लगायतका स्थानमा आफ्नो बालापन बिताए । उनको माता पिता जहाँ जान्थे उनलाई संगै लिएर जान्थे तर पनि उनको बाल्यकाल सुखद तरिकाले नै बितेको थियो ।
पाँच जना दाजुभाई मध्ये उनी कान्छो सदस्यको रुपमा जन्मिएका हुन् ।
अध्ययन
बाल्यकालमा उनले झापा जिल्लाको दमक बाह्रगरे स्थित सिंह देवी माविबाट सुरु भएको हो । झापा शिवगन्ज स्थित जन आदर्श मा.वि बाट एसएलसी पास गरेका थिए । आईए सम्मको अध्ययन दमक बहुमुखी क्याम्पसमा गरेका उनी २०५० सालमा काठमाडौं आए । शिक्षालाई माया गर्ने अध्ययनशील शिवाकोटी थप अध्ययनका लागि प्रदर्शनी मार्ग स्थित आरआर क्याम्पसमा भर्ना भए जहाँ उनले अङ्ग्रेजीमा स्नातक र स्नातकोत्तरसम्म अध्ययन गरे ।
शैक्षिक यात्रा
बास्तवमा मान्छे जे काम गर्न मन पराउँछ त्यहाँ उसको प्रगति निश्चय नै सफल हुन्छ । जागिर गर्ने शिलसिलामा २०५० सालमा शिक्षण गर्न थालेका उनी शिक्षणमा नै रमाउन थाले । उनको शैक्षिक यात्राले आज बृहत रुप निर्माण गरेको छ आफ्नै लगानीमा संचालित सर्वनाम शिक्षालयका प्रिन्सिपलको रुपमा कार्यरत छन् । शुरुमा उनले विट्स स्कूल साथीहरुसँग मिलेर खोलेका थिए तर त्यहाँ उनी लामो समय सम्म रहेनन् । २०५९/६० सालतिर आरुबारीमा रहेको चिल्ड्रेन लिवर्टी स्कूललाई सारेर जोरपाटीमा लगिएको थियो । जुन आजको शर्वनाम शिक्षालयको नामबाट भव्य रुपमा संचालन भईरहेको छ । अव उक्त विद्यालयले प्लस टु संचालन गर्दैछ । शिक्षण सिकाईका क्रममा उनले धेरै मिहिनेत गरेको बताउँदै भन्छन् जति धेरै मिहिनेत गर्यो त्यति नै सफलता पनि हासिल हुन्छ । वास्तवमा मिहिनेत गरेर आज प्लस टु संचालन गर्ने अवस्थासम्म आइपुग्नु उनको जीवनको ठूलो उपलब्धि हो ।
उनले पढाएका धेरै विद्यार्थीे आज बिश्व बजारका बिभिन्न मुलुकमा पुगेर आफ्नो सेवा दिईरहेका छन् । जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको नै उनको लागि आफूले पढाएका विद्यार्थीको प्रगति र उन्नति नै हो जुन विद्यार्थीले प्रगति गर्छ एउटा शिक्षकको लागि वास्तबमा त्यो नै ठूलो उपलब्धि हो र उनका लागि पनि यस्तै कुराहरुले स्थान दिन्छ ।