२५ बैशाख २०७६, काठमाडौं
मलेसियाको इन्द्र मुलिया रङ्गशालामा भएको १६ औं ओकीनावा गोजुरियो कराँते ओपन ईन्टरनेशन च्याम्पियनशीप २०१९ मा नेपालबाट सहभागी सबै खेलाडीले स्वर्णपदक जितेका छन् ।
खेलमा सहभागी विवश घिमिरेले ३० वर्ष माथि उमेर समूहको गोजुरियो कराँतेमा स्वर्ण र काँतामा कास्य पदक हात पारेका थिए । त्यसैगरी ४० वर्ष उमेर माथिको गोजुरियो कराँतेमा खेलमा विनोदमान श्रेष्ठले समेत हात पारे भने ३० वर्ष उमेर समूह मुनिको गोजुरियो कराँतेमा कुमार चौलागाईंले समेत स्वर्ण पदक हात पारेका छन् ।
रञ्जनमान श्रेष्ठको टिम कोचमा गएको टोलीको टिम व्यवस्थापक जितेन्द्र प्रसाद साह थिए । १६ औं ओपन ईन्टरनेशनल च्याम्पियनशीपमा नेपाल सहित १८ देशका प्रतियोगी सहभागी थिए । पहिलो पटक सहभागी भएको नेपालका तीनै खेलाडीले स्वर्ण पदक जित्नु अत्यन्तै खुशीको कुरा भएको टिम कोच श्रेष्ठले परिवर्तन खबरलाई बताए ।
विमानस्थलमै पुगेर नेकपा नेता कूईकेलले गरे स्वर्णपदकलाई स्वागत :
१६ औं ओकीनावा गोजुरियो कराँते ओपन ईन्टरनेशन च्याम्पियनशीप २०१९ मा पहिलो पटक सहभागी भएर स्वर्ण पदक जितेका नेपाली खेलाडीको टोलीलाई नेकपा प्रदेश नं. ३ सदस्य निर्मल कुईकेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर दोसल्ला ओढाई बधाई दिदै स्वागत गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. ८ नेकपा वडा कमिटीले सहभागी हुनुपूर्व विशेष कार्यक्रम आयोजना गरी विदाई गर्दा नेकपा नेता कुईकेलले खेलाडीको दृढ इच्छा शक्ति र भगवान पशुपति नाथको कृपाले स्वर्ण पदक जित्नको लागि शुभकामना दिएका थिए भने स्वर्ण पदक जितेपछि पार्टीले विशेष सम्मान गर्ने बताएका थिए ।
नेकपा स्रोतका अनुसार गणतन्त्र दिवसको अवसर पारी स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने बुझिएको छ ।
स्वर्णपदक विजेता टोलीको स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेकपा नेता कुईकेल सहित नेकपा नेताहरु विनोद रिमाल, रमेश सिंह डंगोल, जलदराज बैद्य, विनोद शाही र समाजसेवी केदारमान भण्डारी रहेका थिए ।
यो पनि पढ्नुहोस्