सुहानाको बर्थ डे पार्टीमा अनमोल र सुहानाले गरे यस्तो रोमान्टिक डान्स (भिडियो)



२६ बैशाख २०७६, काठमाडौँ

हिजोमात्र नायिका सुहाना थापाले आफ्नो २१ औँ जन्मदिन मनाएकी छिन् । सुहानाले आफ्नो जन्मदिन निकै भव्यसँग मनाएकी छिन् । उनले काठमाडौँको एक होटलमा निकै भव्यसँग आफ्नो जन्मदिन मनाइन् । सुहानाको जन्मदिनमा चलचित्र ए मेरो हजुर ३ का सम्पूर्ण कलाकारका साथ गायक गायिका र केही चलचित्रकर्मी समेत उपस्थित भएका थिए ।

सुहानाको जन्मदिनमा अनमोल सुहानाको लागि फूलको बुके लिएर भेट्न पुगेका थिए । त्यस्तै चलचित्र ए मेरो हजुर ३ का गायक गायिकाले गीत गाउँदा अनमोल र सुहानाले निकै रोमान्टिक डान्स पनि गरेका थिए । अनमोल र सुहानाको डान्समा सबैजना रमाइरहेका थिए । आफ्नी छोरीलाई सबैले माया गरेको देखेर झरना भने भावुक भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्