बूढानीलकण्ठ ११ ले शुरु गर्यो सार्वजनिक जग्गा संरक्षण अभियान



२६ बैशाख २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले कपनटार जङ्गलादेवी मन्दिर छेउको सार्वजनिक जग्गाबाट संरक्षण अभियान शुरुवात गरेको छ ।

बूनपा वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी, वडा सदस्य भगवति निरौला र विनोद कुमार तमाङ, जङ्गलादेवी सार्वजनिक जग्गा संरक्षण समिती र टोलवासीहरुको विशेष सक्रियतामा सार्वजनिक जग्गा संरक्षण शुरु गरेको हो ।

वडाध्यक्ष अधिकारीले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण दिनानु दिन बढ्दै गएका कारण त्यसलाई ख्याल गर्दै वडा भित्रका जग्गा संरक्षण तर्फ लागेको बताए । सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्नुपर्ने दायित्वबाट सरकार पन्छिन नमिल्ने धारणा समेत वडाध्यक्ष अधिकारी स्पष्ट पारे ।

सार्वजनिक जग्गा जोसुकैले मिचेको भएपनि त्यस्ता सार्वजनिक जग्गालाई संरक्षण गर्नु पर्नेमा वडा सदस्यहरुको समेत जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्