यस्तो पहिरनमा कार्यक्रममा पुग्दा ट्रोल भइन् प्रियंका चोपडा



२६ बैशाख २०७६, काठमाडौँ

बलिउड तथा हलिउडकी चर्चित नायिका प्रियंका चोपडाले सधैँभरि आफ्नो पहिरनका कारण मिडियामा स्थान पाउने गरेकी छिन् । त्यतिमात्र नभएर उनको पहिरनलाई दर्शकले पनि निकै मन पराउने गरेका छन् । हरेक कार्यक्रममा उनी अरुभन्दा भिन्न र स्टाइलिस भएर पुगेकी हुन्छिन् ।

यसपटक भने प्रियंका आफ्नो पहिरनको कारण ट्रोल बनिरहेकी छिन् । उनी हालै सम्पन्न एक कार्यक्रममा आफ्ना पति निक जोनसका साथ पुगेकी थिइन् । उनको अनौठोको पहिरनलाई देखेर सबै छक्क परेका छन् । त्यतिमात्र नभएर उनको कपाल र मेकअप पनि निकै भिन्न खालको थियो ।

अहिले प्रियंका आफ्नो सोही गेटअपका कारण आलोचित पनि बनिरहेकी छिन् । उनका फ्यानले उनलाई अहिलेसम्मकै उनको नराम्रो गेटअप भनेका छन् भने कत्तिले प्रियंकाले आफूलाई निराश बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्