पहिलो पटक चलचित्रमा सँगै देखिदैँ सलमान र दिपिका !



२६ बैशाख २०७६, काठमाडौँ

सलमान खान र दिपिका पादुकोण दुवै बलिउडका चर्चित कलाकार हुन् । यी दुई एकअर्काको मिल्ने साथी पनि हुन् । तर यी दुईले अहिलेसम्म एकसाथ स्क्रिन सेयर भने गरेका छैनन् । यी दुईलाई धेरै चलचित्रमा अप्रोज गरिएको छ । तर यी दुईको व्यस्तताको कारण त्यो पुरा भने भएको छैन ।

अब भने सलमान र दिपिका चलचित्रमा एकसाथ देखिने सम्भावना बढेको छ । यतिबेला अभिनेता सलमान खान चलचित्र दबंग ३ मा व्यस्त छन् भने दिपिका छपाक को छायांकनमा व्यस्त छिन् । दबंग ३ पनि सलमानले चलचित्र किक २ लाई समय दिनेछन् ।

यस्तैमा चलचित्र किक २ मा सलमानको जोडी दिपिका हुने खबर सार्वजनिक भैरहेको छ । गोप्य स्रोतका अनुसार यसपटक किक २ मा ज्याकलिन र दिपिका एकसाथ देखिन पनि सक्छन् । त्यस्तै दिपिकाले यो चलचित्र साइन गरेको खण्डमा चलचित्रमा दिपिकाको मुख्य भूमिका रहने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्