२५ बर्षको उमेरमा चर्चित नायक अनमोल केसीले गोप्य रुपमा गरे व्रतबन्ध



२६ बैशाख २०७६, काठमाडौँ

अनमोल केसी अहिलेका सर्वाधिक व्यस्त र चर्चित नायक हुन् । केहीसमय अघिमात्र उनी अभिनीत चलचित्र ए मेरो हजुर ३ प्रदर्शनमा आएको थियो । चलचित्र ए मेरो हजुर ३ बक्सअफिसमा बल्कबस्टर साबित भैसकेको छ । त्यस्तै अभिनेता अनमोल केसीको नयाँ कुरा सार्वजनिक भएको छ ।

चर्चित नायक अनमोल केसीले २५ बर्षको उमेरमा अस्तिमात्र आफ्नो व्रतबन्ध गरेका छन् । उनले निकै गोप्य तरिकाले व्रतबन्ध गरेका हुन् । अनमोलले आफ्नो पुरै कपाल खौरिएर व्रतबन्ध गरेका छन् । तर उनले आफ्नो एउटा पनि तस्बिर सार्वजनिक गरेका छैनन् । अनमोल आफ्नो तस्बिर सार्वजनिक गर्न नचाहने बताइरहेका छन् । अहिले उनी टाउकोमा रुमाल बाधेर टोपी लगाएर हिड्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्