आफ्नो जन्मदिनमा श्रीमतीलाई सम्झेर भावुक भए मदनकृष्ण श्रेष्ठ (भिडियो)



२६ बैशाख २०७६, काठमाडौँ

मदनकृष्ण श्रेष्ठ नेपाली चलचित्र जगतका बरिष्ठ कलाकार हुन् । उनको चलचित्र क्षेत्रमा निकै ठूलो योगदान रहेको छ । तिनै मदनकृष्णले अस्तिमात्र आफ्नो जन्मदिन मनाएका थिए । मदनकृष्ण श्रेष्ठको जन्मदिनमा उनका नजिकका चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।

मदनकृष्ण श्रेष्ठ आफ्नो जन्मदिनमा आफ्नी श्रीमतीलाई सम्झेर निकै भावुक समेत बनेका थिए । उनले १ बर्ष अघि आफ्नी श्रीमती गुमाएका थिए । आफ्नो जन्मदिनमा श्रीमतीलाई सम्झिदाँ मदनकृष्णको आँशु रोकिएका थिएनन् । तरपनि उनका प्रिय सहकर्मी हरिवंश आचार्यले उनलाई हसाउने कोशिस गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्