‘आँचलसँग बिहे हुने सम्भावना छ’ : पल शाह



२६ बैशाख २०७६, काठमाडौँ

पल शाह पछिल्लो समयका निकै चर्चित र व्यस्त अभिनेता हुन् । उनी यतिबेला चलचित्र विर विक्रम २ को प्रमोशनमा व्यस्त छन् । यस्तैमा पलले एक अन्तवार्तामा आँचल र आफ्नो सम्बन्धबारे बोलेका छन् ।

आजभोली पल र आँचलले सँगै काम गरेका छैनन् । त्यसैले मिडियामा यी दुईको सम्बन्ध विग्रिएको चर्चा चल्न थालेको थियो । यस्तैमा पलले आफ्नो र आँचलको सम्बन्ध कत्तिपनि नबिग्रिएको र सँगै काम नगरेकाले यस्तो समाचार आएको बताए । पल र आँचलको जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् । यसैकारण यी दुईको प्रेम भएको चर्चा बजारमा चल्ने गरेको छ ।

आँचल र पलले आफू सँधैभरि एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् । यस्तैमा पललाई तपाईको र आँचलको विवाह हुने सम्भावना कत्तिको छ भनेर प्रश्न गरिएको थियो । जहाँ पलले आँचल र मेरो विवाह हुन पनि सक्छ र नहुन पनि सक्छ भनेका छन् । उनले हाँस्दै आँचलसँग विहे हुने सम्भावना अलि अलि भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्