२७ बैशाख २०७६, वीरगञ्ज
बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।
सुवर्ण गाउँपालिका(६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु संस्कारअनुसार किरिया पनि गरेनन् । उनीहरुले परिवारले अपनाइँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके ।
हिन्दु संस्कारअनुसार काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँले भेला डाके । यादव परिवालाई सामाजिक बहिष्कार गर्ने निर्णय गरे । त्यसपछि यादवको ९ जनको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौँडाको कमानेमा बस्दै आएको छ । कमानेमा पहिलेदेखि अवधेशको कुखराको दानाको कारोबार छ । यो समाचार क्रान्ति शाहले अन्नपूर्णमा लेखेका छन् ।