रंगशाला निर्माणको लागि बन्यो अभियान समिति



२७ बैशाख २०७६, काठमाडौं

धुर्मुस–सुन्तली फाउन्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि तेक्वान्दो हस्ती दीपक विष्टको संयोजकत्वमा खेलकूद समिति गठन गरिएको छ ।

खेलकूद समितिबाहेक चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

समितिमा कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, फुटबलका पूर्व–कप्तान राजुकाजी शाक्य, नेपाल क्रिकेट संघकी सीईओ भावना घिमिरे र राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा छन् ।

त्यसैगरी ‘रंगशाला बनाऔं’ सद्भावना दुतका रुपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र सन्दीप लामिछाने छन् ।

रंगशाला निर्माणको अभियान चलिरहेका बेला खेलाडीको समेत उपस्थिति रहने गरी उक्त समिति गठन गरिएको फाउन्डेशनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्