राजधानीमा पानीपुरी बेच्दै नायिका बर्षा राउत (भिडियो)



२७ बैशाख २०७६, काठमाडौँ

नायिका बर्षा राउत अहिले चलचित्र जात्रै जात्रा को प्रमोशनमा व्यस्त छिन् । चलचित्रको प्रमोशनकै लागि उनी आफ्नो हनिमुन छुट्टी पनि पुरै नसकी नेपाल फर्किएकी थिइन् । अहिले बर्षा लगायत सबै चलचित्र जात्रै जात्रा टिम चलचित्रको प्रमोशनमा दौडिरहेका छन् ।

यस्तैमा नायिका बर्षा राउत राजधानीमा पानीपुरी बेच्दै गरेको भेटिइन् । उनलाई पानीपुरी बेच्दै गरेको देखेर सबै छक्क परेका थिए । उनले चलचित्रको प्रमोशनको क्रममा पानीपुरी बेचेकी हुन् । उनले निकै रमाइलो पनि गरेकी थिइन् । सबैले उनले बनाएको पानीपुरीको निकै तारिफ गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्