राजेश हमाल भन्छन्, ‘मलाई फिल्म खेल्नै मन छैन’



२७ बैशाख २०७६, काठमाडौँ

राजेश हमाल नेपालका निकै चर्चित अभिनेता हुन् । उनी नेपाली चलचित्र क्षेत्रमा महानायकको रुपमा परिचित पनि छन् । तर उनी अहिले चलचित्रमा त्यति देखिएका छैनन् । उनले हालैमात्र एक चलचित्रमा आफूलाई अब चलचित्र गर्न मन नै नभएको बताएका छन् ।

राजेशले अहिले चलचित्रमा काम गर्न मन नभएकै कारण चलचित्र नखेलेको बताए । त्यस्तै राजेशले यदि चलचित्र गरिहाले पनि समसामयिक घटनामा आधारित चलचित्रमा मात्र काम गर्ने बताएका छन् । केहीदिन अघिमात्र उनी चलचित्र प्रेम गीत ३ गर्न लागेको कुराको चर्चा भैरहेको थियो । तर राजेशले यस विषयमा केही बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्