विवाह नै नगरी पिता बन्दै सलमान खान !



२७ बैशाख २०७६, काठमाडौँ

सलमान खान बलिउडका निकै चर्चित अभिनेता हुन् । उनी ५३ बर्षका भैसकेका छन् । तरपनि उनी अहिलेसम्म अविवाहित नै छन् । त्यसैले उनको विवाहको बारेमा पनि धेरै समाचारहरु आउने गरेका छन् ।

यस्तैमा अहिले सलमान खान बाबु बन्न लागेको कुरा भाइरल भएको छ । उनी अविवाहित छन् । त्यसैले उनी बाबु बन्न लागेको कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर सलमान सेरोगेसी मार्फत पिता बन्न लागेको कुरा सार्वजनिक भएको छ । उनले हरेक अन्तवार्तामा आफू विवाहबाट टाढा रहन चाहेको बताउँदै आएका छन् । अब उनले विवाह गर्छन् वा गर्दैनन् त्यो भने हेर्न बाकिँ नै छ ।

प्रतिक्रिया दिनुहोस्