२७ बैशाख २०७६, काठमाडौं
सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को विवाहको ५० औँ बर्षगाँठ मनाएका छन्।
५० औँ वैवाहिक वार्षिकोत्सवको खुसियाली मनाउन आयोजना गरिएको कार्यक्रममा पत्नी सीता दाहालको शारीरिक अवस्थाका कारण प्रचण्ड केही गम्भीर देखिए।
गतसाल एक मात्र छोरा प्रकाशको निधनपछि शोककुल पत्नी सीता दाहालको मुहारमा खुसी ल्याउन प्रचण्डले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीका नेताहरु पनि सहभागी भएका छन्।
कार्यक्रममा जनयुद्धकालदेखिका प्रचण्डका राजनीतिक सहयात्रीहरु उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल, नेता वामदेव गौतमलगायत मन्त्रीहरूको समेत उपस्थिति छ।
यसैगरी प्रचण्डका पारिवारिक सदस्य र नातेदारहरु पनि ठूलो संख्यामा सो कार्यक्रममा सहभागी छन्। आफ्नो विवाहको ५० औँ वार्षिकोत्सव भव्य रुपमा मनाउने निर्णय प्रचण्डले गत साल नै गरेका थिए।