२७ बैशाख २०७६, काठमाडौं
क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएसँगैं क्लबमा निकै हलचल भईरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाईरहेका छन् ।
क्लबको स्रोतका अनुसार धेरै जसोले प्रशिक्षक अर्नेस्टो भलभर्डे, ब्राजिलियन मिडफिल्डर फिलिप्पे काउटिन्हो र स्ट्राइकर सुआरेजमाथी प्रश्न उठाएका छन् ।
खासगरी धेरैले काउटिन्होलाई पराजयको मुख्य कारण बनाएका छन् । ‘काउटिन्हो बार्सिलोनाका खेलाडी हैनन्, त्यो कुरा प्रस्ट छ ।’ बार्सिलोनाको स्रोतले सोनी इएसपिएनसँग भने । “उनले क्लबका लागि केही गर्न सकेका छैनन् । उनी यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने छन् ।”
स्रोतका अनुसार जारी सिजन काउटिन्होको प्रदर्शनबाट सबै सन्तुष्ट नरहेको बताइएको छ ।
उनी गत सिजन लिभरपुलबाट कीर्तिमानी मुल्य १६० मिलियन युरोमा बार्सिलोना भित्रिएका थिए ।
जारी सिजन राम्रो सुरुवात गरेका काउटिन्होले चोट पछि आफुलाई खेलमा कमब्यक गर्न सकेनन् ।
उनी अक्टोबरमा भएको इन्जुरीपछि सुरुवाती ११ मा परेपनि प्रदर्शनमा आफुलाई परिवर्तन गर्न सकेनन् । ‘हामी हेर्छौ की भलभर्डे यो मुस्किल स्थितीलाई कसरी समाधान गर्छन् ।’ कलब स्रोतले भने, ‘समर्थक वास्तवमा निरासा छन् र जे भएको छ त्यो निरासा जनक छ ।