शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप



२८ बैशाख २०७६, सिन्धुलीमाढी

सिन्धुलीको फिक्कल गाउँपालिका-३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरुका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।

बाल यौन दुव्र्यवहार गर्नेलाई कारबाही गर भन्ने नाराका साथ दबाबदमूलक नारा लगाउँदै सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरबाट सिन्धुली बजार हुँदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्