२८ बैशाख २०७६, धादिङ
‘राणा शाषन गयो । राजाको शासन गयो । गणतन्त्र आयो । हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जानेभो ।’ यो दुःखेसो हो, उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका – ५ नेवेरगाउँका (साविक लापा गाविस ३) नोर्सिङ लामाको । नोर्सिङ लामासहित नेवेरबासीले २०४६ सालदेखि भएको विभिन्न राजनीतिक परिवर्तनपछि चुनावमा एक दिन पैदद हिँडेर मतदान गरे ।
उनीहरुलाई गाउँमा विकास परिवर्तन र सुखसुविधाको तीव्र आस थियो । तर विकास निर्माण त परको कुरा, वडा कार्यालयको सामान्य सेवा लिन पनि तीन दिन लाग्ने भएपछि नेवेरबासी सधै सास्ती खेप्न बाध्य छन् । नेवेरबासीको मतदान केन्द्र पनि उही वडा कार्यालय भएका कारण जहिले पनि चुनावका बेला मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आसपासका गाउँमा गएर बस्नु पर्छ । यो समाचार मनीष दुवाडीले अन्नपूर्णमा लेखेका छन् ।