काउटिन्होको मूल्य तोक्यो बार्सिलोनाले



२८ बैशाख २०७६, काठमाडौं

बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्होका लागि बार्सिलोनाले मूल्य तोकेको छ ।

यसअघि बार्सिलोनाका लागि मुख्य खेलाडीका रुपमा रहेका उनलाई यस सिजनको अन्त्यमा बेच्नलाई लागी मूल्य तोकेको छ ।

गत सिजन मात्र लिभरपुलबाट कीर्तिमानी मूल्य १ सय ६० मिलियन युरोमा बार्सिलोना भित्रिएका उनी पछिल्लो समय बार्सिलोनामा उत्कृष्ट हुन सकेका थिएनन् ।

उनको प्रदर्शनबाट निरास बनेको बार्सिलोनाले अन्ततः उनलाई बेच्न पूर्ण रुपमा तयार देखिएको छ ।

उनका लागि बार्सिलोनाले १०० मिलिनय पाउण्डको मूल्य तोकेको छ ।

काउटिन्होको पूरा पास ८८ प्रतिशत छ भने हरेक खेलमा सट २ दशमलव ५२ रहेको छ ।

उनले हाल सम्म बार्सिलोनाका लागि ३ हजार १ सय ५० मिनेट मैदानमा बिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्