नेमारलाई पुनः तीन खेलको प्रतिबन्ध



२८ बैशाख २०७६, काठमाडौं

पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार नेमारलाई पुनः तीन खेलको प्रतिबन्ध गरिएको छ ।

कोपा डे फ्रान्सको फाईनल खेलपछि मेडल लिने क्रममा एक दर्शकमाथी हातपात गरेको भन्दै तीन खेलको प्रतिबन्ध लगाएको हो ।

यसअघि च्याम्पियन्स लिग अन्तर्गत शिर्ष १६ को दोश्रो लेगमा अफिसियलको निर्णय प्रती असन्तुष्टि जनाएको भन्दै युरोपेली फुटबल महासंघले च्याम्पियन्स लिगको तीन खेलमा प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो समय कडा खेलाडी नियमनमा उत्रिएको फ्रान्स फुटबल संघले विश्व फुटबलले नेमारलाई प्रतिबन्ध लगाएसँगै अब घरेलु प्रतियोगिताका तीन खेल गुमाउने छन् ।

लामो समय चोटका कारण मैदान बाहिर रहेका नेमार स्टार्सवर्गविरुद्वको खेल मार्फत लिगमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्