२८ बैशाख २०७६, काठमाडौं
खोटाङ जलेश्वरीस्थित सिम्ले माविलाई झन्डै बाह्र लाख बराबरको सोलार बत्ति, कम्प्युटर तथा प्रिन्टर प्राप्त भएको छ ।
ऐसेलुखर्क गाउँपालिका वडा न.५ महेश्वरीका बुद्धिजीवि तथा समाजसेवी मुगाधन पुरीको सहकार्यमा जर्मन संस्था फर्डरक्रेइट्स द्वारा सिम्ले मावि लाई ८ थान कम्प्युटर सहित २५६० वाटको सोलार सहयोगस्वरुप प्राप्त भएको विद्यालयका प्रध्यानाध्यापक निर कुमार कट्टेलले जानकारी दिए ।
करिब ११ लाख ३८ हजार १७५ रुपैयाँको सोलार बत्ति, कम्प्युटर तथा प्रिन्टरको सहयोगबाट आफुहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रध्यानाध्यपक कट्टेलले प्रतिबद्धता गरे ।
समाजसेवी मुगाधन पुरी तथा सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै उनले भने ।
“हामीले यि सामग्रीहरुबाट विद्यार्थीहरुलाई कम्प्युटरका आधारभूत शिक्षा प्रदान गर्ने छौं भने, यसका साथै प्रश्नपत्र बनाउँने देखि लिएर विद्यालय प्रशासनसम्मको काममा उपयोग गर्ने छौं ।” ‘यद्दपी दक्ष कम्प्युटर शिक्षकको आवश्यकता भने खड्किएकै छ ।’ उनले थपे ।
त्यस्तै, सहयोग स्वरूप प्राप्त सामानको सहि सदुपयोग तथा संरक्षण गर्नु आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सुरवीर राईले औंल्याए ।
कार्यक्रममा कक्षा १० का विद्यार्थी सरगम राईले सम्पूर्ण विद्यार्थीहरुको प्रतिनिधित्वि गर्दै भने,
“पक्कै पनि प्राप्त कम्प्युटर तथा सोलार बाट उपलब्धीमुलक शिक्षा हासिल गर्न सक्छौं । तथापी पनि हाम्रो न्यून आर्थिक स्रोतको कारण अझै हामीलाई विद्यालय पोशाक तथा झोलाको समस्या छ । यस तर्फ पनि सहयोगी व्यक्तित्वहरुको ध्यानाकर्षण गराउँन चाहान्छु ।
‘आफु सम्पन्न हुनु मात्र ठुलो हैन, समाज लाई सम्पन्न गराउनु सक्नु महान् रहेको समाजसेवी मुगाधन पुरीले बताए ।
सिम्ले माविमा दक्ष कम्प्युटर शिक्षकको अभाव रहेको विषयलाई मनन् गर्दै पुरीले विद्यालयका शिक्षकहरुलाई कम्प्युटरमा दक्ष बनाउँने जिम्मा पनि आफ्नै रहेको कुरा उल्लेख गरे ।
हस्तान्तरित सामग्रीहरुबाट अपेक्षित नजिता हासिल गरे आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै उनले भने, “यि सामग्रीहरुबाट तपाईहरुले राम्रो नतिजा ल्याएको खण्डमा अझै यो सहयोगी मन ज्यूँदै छ ।”
पुरीले यसअघि पनि खोटाङस्थित शिशु मावि र मयुर निमाविलाई यस्तै सामग्री उपलब्ध गराएका थिए ।