तामाङ्ग गुठ्ठी भवनको सिलान्यास !



२८ बैशाख २०७६, काठमाडौं

‘कपन तामाङ्ग गुठ्ठी भवन’को सिलान्यास आज गरिएको छ ।

काठमाडौं कपनस्थित चिहान डाँडामा निर्माण हुन लागेको तामाङ गुठ्ठी भवनको सिलान्यास आज बूनपाका मेयर उद्धव खरेलले गरेको हुन् ।

भवनको सिलान्यास तामाङ्ग परम्पराअनुसार पूजा–पाठ गरी गरिएको थियो ।

१ करोड ३५ लाखको अनुमानित लागतमा निर्माण हुने लागेको गुठ्ठीको भवन सिलान्यासको कार्यक्रमलाई सम्बोधन गर्दै बूनपाका मेयर उद्धव खरेलले नाम मात्रै तामाङ्ग गुठ्ठी भएको तर, भोगचलन भने सबै नेपाली गर्न पाउने बताए ।

त्यस्तै यस खालको इतिहास रचिने कार्यमा नगरपालिकोले यथासक्य सहयोग गर्ने बचनसमेत व्यक्त गरेका छन् ।

भवनको डिपीआर भने तयार भईसकेको छ ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै बूनपाका उपमेयर रमा राईले यस खालको सम्पदाले नेपालको सांस्कृतिक पक्षलाई मजबुद बनाउँने बताए ।
साथै उनले आफ्नो व्यक्तिगत तर्फबाटसमेत सहयोग गर्ने बताए ।

तामाङ्ग गुठ्ठीले भवन चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्ने जनाएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अन्य स्थानीय तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्