‘मिस नेपाल’ को लागि अष्ट्रेलियाको जागिर छोडेर आएकी थिइन् ‘मिस नेपाल २०१९’ की विजेता अनुष्का



२८ बैशाख २०७६, काठमाडौँ

मिस नेपाल २०१९ को फाइनल भैसकेको छ । यसपटक मिस नेपाल को ताज अनुष्का श्रेष्ठले पाएकी छिन् । अनुष्का ५ बर्षदेखि अष्ट्रेलियामा स्नातक तहको अध्ययनका लागि अष्ट्रेलियामा बस्दै आएकी थिइन् । उनी मिस नेपाल को लागि नै अष्ट्रेलियाबाट नेपाल आएकी हुन् ।

अनुष्का अष्ट्रेलियामा छदाँ पनि त्यहाँको निकै चलेको बैंकमा जागिरे थिइन् । उनले आफ्नो राम्रो जागिर छोडेर नेपाल आएकी थिइन् । त्यस समय उनलाई धेरैले यस्तो जागिर फेरि पाउन गाह्रो हुने भएकाले मिस नेपाल नभिड्नको लागि सल्लाह दिएका थिए । तर उनले आफ्नै देशमा केही गर्ने सोचले नेपाल आउने निर्णय गरिन् र नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता जित्न पनि सफल भइन् ।

अब अनुष्कामा थप चुनौती थपिएको छ । उनले अब आफूलाई अझै राम्रो बनाउनु जरुरी छ । उनी अब डिसेम्बर ७ मा हुने मिस वल्र्ड प्रतियोगितामा पनि जानेछिन् । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले मिस वल्र्डमा गएर निकै राम्रो सम्भावना देखाएकी थिइन् । उनले नेपाललाई विश्वमाझ उच्च साबित पनि गरेकी थिइन् । अब अनुष्काले त्यहि अनुरुप आफ्नो प्रस्तुती मिस वल्र्डमा दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्