‘निखिल र म असल साथी हौँ’ : विराज भट्ट



२८ बैशाख २०७६, काठमाडौँ

विराज भट्ट र निखिल उप्रेती दुवै नेपाली चलचित्र जगतका नाम चलेका कलाकार हुन् । एकसमयमा विराज र निखिलले नै नेपाली चलचित्र क्षेत्रलाई चलाएका थिए भन्दा फरक नपर्ला । यी दुईको फ्यान फलोइङ पनि उत्तिकै लोभलोग्दो थियो । यी दुईले एकसाथ केही चलचित्रमा काम समेत गरिसकेका छन् । तर पछि यी दुईको सम्बन्ध बिग्रियो ।

अहिले पनि नेपाली चलचित्र बजारमा यी दुईबिच सम्बन्ध राम्रो नभएको चर्चा चल्ने गरेको छ । तर यसैबीच विराजले आफ्नो र निखिलको सम्बन्ध राम्रो भएको बताए । विराजले आफूहरु एकअर्काको असल  मित्र भएको समेत बताए । उनले निखिल र आफूले एकसाथ ५ चलचित्रमा सँगै काम गरिसकेको समेत बताए । त्यतिमात्र नभएर उनले यदि त्यस्तै खालको कथावस्तु पाए फेरि पनि एकअर्कासँग काम गर्न समस्या नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्