२९ बैशाख २०७६, काठमाडौं
आईपीएलमा उपाधीको छिनोफानो आज हुँदैछ ।
उपाधीका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्स र मुम्बई ईन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल साँझ ७:४५ बजे हैदरावादमा हुने छ । प्रतिस्पर्धी दुवै टोलीले समान ३/३ खेल जितेका छन् ।
लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधी उठाउने लक्ष्यमा छ ।