बर्षा सिवाकोटीले बर्षा राउतको लागि लेखिन् यस्तो मन छुने स्टाटस, बर्षा राउतले दिइन् यस्तो जवाफ



२९ बैशाख २०७६, काठमाडौँ

नायिका बर्षा राउत र बर्षा सिवाकोटीलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा हेरिने गरिन्छ । अझ भन्नुपर्दा नेपाली सिनेवृतमा यी दुईको दुश्मनी भएको र एकअर्कासँग नबोल्ने गरेको चर्चा समेत चल्ने गर्छ । झन आगामी जेठ ३ मा यी दुवै नायिकाको चलचित्र हलमा एकसाथ जुध्न लागेकाले यी दुईबीच भिडन्त भएको समेत बताइएको छ ।

यस्तैमा हिजोमात्र नायिका बर्षा सिवाकोटीले आफ्नो अफिसियल फेसबकुमा बर्षा राउतको लागि निकै मन छुने स्टाटस लेखेकी छिन् । उनले आफ्नो र बर्षाको सम्बन्ध निकै राम्रो हुँदा हुँदै पनि मिडियामा सम्बन्ध विग्रिएको खबर आउँदा आफूलाई निकै नराम्रो लागेको कुरा स्टाटसमा बताएकी छिन् ।

त्यतिमात्र नभएर बर्षा सिवाकोटीले बर्षा राउतलाई चलचित्र जात्रै जात्रा को लागि शुभकामना पनि दिइन् । बर्षा राउतले पनि बर्षा सिवाकोटीलाई निकै मन छुने जवाफ फर्काएकी छिन् । उनले पनि आफूहरुबीच कहिल्यै प्रतिस्पर्धाको भावना नरहेको कुरा स्पष्ट पारेकी छिन् भने बर्षा सिवाकोटीलाई चलचित्र विर विक्रम २ को लागि शुभकामना पनि दिएकी छिन् । यसरी यी दुवै अभिनेत्रीको मेसेज हेर्दा यी दुईबीच कत्तिपनि दुश्मनी नरहेको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्