धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षणमा ध्यान दिनुपर्छः झलनाथ खनाल



२९ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उनले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताए ।

“सेवा समितिले पशुपतिमा सुरु गरेको गङ्गा आरती कार्यक्रमले पशुपतिको महत्वसँगै पर्यटकको समेत आकर्षण बढाएको छ, यस्ता अन्य धार्मिकस्थलमा फरक फरक ढङ्गबाट पर्यटकको आकर्षण बढाउन सकिन्छ ।” उनले भने ।

विसं २०६४ देखि पशुपतिनाथ मन्दिरको पूर्व भाग बागमतीको पूर्वी प्राङ्गणको सार्वजनिकस्थलमा हरेक बेलुका गङ्गा–आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्