बसन्तपुरमा पानीपुरी बेचेर पैसा कमाउँदै नायिका बर्षा राउत (भिडियो)



२९ बैशाख २०७६, काठमाडौँ

नायिका बर्षा राउत यतिबेला चलचित्र जात्रै जात्रा को प्रमोशनमा व्यस्त छिन् । चलचित्र जात्रै जात्रा मा उनले पानीपुरी बेचेकी छिन् । त्यसैले अहिले उनी चलचित्रको प्रमोशनको लागि विभिन्न ठाउँमा पानीपुरी बेचिरहेकी छिन् ।

यस्तैमा नायिका बर्षा राउत बसन्तपुरमा पानीपुरी बेच्दै गरेको भेटिइन् । उनले पानीपुरी बेच्दा सबैजना अचम्म मानिरहेका थिए । उनले बर्षा राउत नभएर सम्पदा बनेर पानीपुरी बेचिरहेकी थिइन् । उनको बनाएको पानीपुरी खानको लागि बसन्तपुरमा दर्शकको निकै भिड लागेको थियो । चलचित्र जात्रै जात्रा आउँदो जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्