सागर आले र मेलिना राईको नयाँ गीत रिलिज (भिडियो)



२९ बैशाख २०७६, काठमाडौँ

सागर आलेले नेपाल आइडल बाट नसोचेको सफलता हासिल गरे । उनी अहिलेका सर्वाधिक चर्चित गायक हुन् । त्यसका साथै उनी देश तथा विदेशका कार्यक्रममा समेत निकै व्यस्त हुने गर्छन् । यस्तैमा सागरको नयाँ गीत सार्वजनिक भएको छ ।

सुरेश राना मगरको शब्द र संगीत रहेको माया बस्यो बोलको लोकगीतमा सागर आले र चर्चित गायिका मेलिना राईको आवाज रहेको छ । मेलिना र सागरले यो भन्दा अघि पनि केही गीतहरु साथमा गाइसकेका छन् । निकै रमाइलो लोकगीतमा रिमा मगर र अनन्त गुरुङ फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्