करिना र सैफसँग अर्जुन र मलाइकाको डिनर डेट (फोटो सहित)



२९ बैशाख २०७६, काठमाडौँ

यतिबेला बलिउडमा अर्जुन कपुर र मलाईका अरोडाको प्रेमले निकै चर्चा पाइरहेको छ । मलाईकाले सलमानका भाई अरवाजलाई डिभोर्स दिएको लामो समयपछि अर्जुन कपुरसँग सम्बन्ध अघि बढाएकी हुन् । केही समय अघि यी दुईको विवाह हुने चर्चा समेत चलेको थियो । तर केही कारणबस यी दुईको विवाह रोकिएको थियो ।

केहीदिन अघिमात्र यी दुई डिनर डेटको लागि बाहिर गएको तस्बिर सार्वजनिक भएको थियो । मलाईका र अर्जुनसँगै करिना र सैफ पनि डिनर डेटका लागि गएका थिए । मलाईका र करिना निकै मिल्ने साथी हुन् । त्यसैले यी दुई प्राय सँगै देखिन्छन् । अहिले सामाजिक सञ्जालमा यी २ जोडीको तस्बिर निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्