एक व्यक्तिले ‘तपाईको काम नै फोटो खिच्ने त हो’ भनेपछि प्रियंका भइन् आक्रोशित



२९ बैशाख २०७६, काठमाडौँ

नायिका प्रियंका कार्की निकै सफल र चर्चित नायिका हुन् । उनी बेला बेलामा विभिन्न कारणले मिडियामा छाइरहेकी हुन्छिन् । प्रियंका केहीदिन अघिमात्र हायात होटेलमा आयोजित नृत्य निर्देशक रेनशा वान्तवा राई र प्रज्वल शमशेरको विहेको रिसेप्सन पार्टीमा गएकी थिइन् ।

उनी निकै राम्री भएर पार्टीमा पुगेकी थिइन् । त्यहाँ उनीसँग फोटो खिचाउने मान्छेको निकै घुँइचो लागेको थियो । प्रियंकाले पनि सबैसँग फोटो खिचिरहेकी थिइन् । यत्तिकै एक व्यक्तिले फोटो खिच्न अनुरोध गरेका थिए । ती व्यक्तिलाई प्रियंकाले नरम हुँदै म पनि साथीको विहेको पार्टीमा आएकी हुँ । एकचोटी साथीलाई भेटेर आउँछु ल भनेकी थिइन् ।

यत्तिकैमा ती व्यक्तिले तपाई कलाकाहरुको काम नै फोटो खिच्ने त होनि भनेका थिए । प्रियंकाले यो कुराले आफूलाई निकै नराम्रो महशुस भएको बताइन् । त्यतिमात्र नभएर उनले कलाकार सम्मान नभएको महशुस पनि आफूले गरेका बताइन् ।

प्रतिक्रिया दिनुहोस्