खेल्दा खेल्दै खेलौना निलेपछि २ बर्षिया बालिकाको मृत्यु



२९ बैशाख २०७६, काठमाडौँ

भारतीय टेलिभिजनबाट प्रशारण हुने सिरियल प्यारका पापड का चर्चित कलाकार प्रतिश बाराकी छोरीको निधन भएको छ । उनकी २ बर्षिया छोरीको मृत्यु केहीदिन अघिमात्र भएको हो । खेलौना खेलिरहेकी सानी बच्चीले खैला खेल्दै खेलौना निलेपछि उनलाई सास फेर्न गाह्रो भएर उनको मृत्यु भएको हो ।

प्रतिश एक कार्यक्रमको लागि बाहिर जाने लागेका थिए तर छोरीको मृत्युको खबरपछि उनी तुरुन्त घर फर्किएका थिए । यतिबेला प्रतिश तथा उनको परिवार छोरीको असामयिक निधनले निकै स्तब्ध भएको छ । प्रतिशले निकै भावुक हुँदै यो कुराको जानकारी सबैलाई दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्