‘शिल्पा नै मेरो जीवनको सुरुवात र अन्त्य हो’ : छविराज ओझा



२९ बैशाख २०७६, काठमाडौँ

बाघ निर्माताको नामले परिचित छविराज ओझा आजभोली सामाजिक सञ्जालमा चलचित्रका कारण भन्दापनि नायिका शिल्पा पोखरेलसँगको प्रेमका कारण चर्चामा आउने गर्छन् । छवि र शिल्पा लामो समयदेखि एकअर्काको प्रेममा रहेको कुरा थाहा नहुने सायदै कोही छैनन् होला । त्यतिमात्र नभएर छविले आफूले शिल्पासँग केही बर्ष अघि नै विवाह गरिसकेको कुरा समेत बताएका छन् ।

यस्तैमा छविले केहीदिन अघि सामाजिक सञ्जालमा शिल्पाको लागि एउटा स्टाटस लेखेका छन् । छविले आफ्नो जीवनको सुरुवात पनि शिल्पाबाट भएको र अन्त्यपनि शिल्पासँगै हुने कुरा बताएका छन् । उनले आफ्नो र शिल्पाको फोटो अपलोड गर्दै त्यस्तो स्टाटस लेखेका हुन् । शिल्पाले पनि छविसँगको प्रेमलाई स्वीकारेपनि विवाहबारे भने केही बोलेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्