गोलकिपर चेम्जोङ बने विश्वचर्चित सफ्ट ड्रिंक १०० प्लसको ब्राण्ड एम्बेस्डर



२९ बैशाख २०७६, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ विश्व चर्चित सफ्ट ड्रिंक १०० प्लसको ब्राण्ड एम्बेस्डर बनेका छन् ।

सिंगापुर र मेलशियामा संयुक्त रुपमा उत्पादन हुने यो सफ्ट ड्रिंक नेपालमा पहिलो पटक सार्वजनिक गरिएको हो ।

कम्पनीकी मेलशिया म्यानेजर च्याङ जेसीले यो उत्पादन मेलशियामा भएका नेपालीले धेरै मन पराएको र नेपालीका लागि सुहाउँदो पेय पदार्थ भएकोले नेपालमा पनि यसलाई धेरैले प्रयोग गर्ने अपेक्षासहित नेपालमा ल्याइएको बताएकी छिन् ।

सिंगापुरमा हेडक्वाटर रहेको यो पेय पदार्थलाई सन् १९८३ मा मेलशिया र सिंगापुरमा उत्पादन गर्न थालिएको हो ।

यो पेय पदार्थलाई सारा ग्रुपले नेपालमा भित्र्याएको हो ।

 

प्रतिक्रिया दिनुहोस्