सीटीईभीटीले गर्‍यो मन्त्रीको चाकडी, शिक्षामन्त्रीलाई निर्माण प्रकृया नै पूरा नभएको शिक्षालयको शिलान्यास गर्न हतार



३० बैशाख २०७६, काठमाडौं

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पूरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गरेका छन् । यो समाचार आजको ईश्वरराज ढकालले लेखेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)ले कुनै प्राविधिक तयारी नै पुरा नगरी मन्त्री पोखरेललाई शिलान्यास गर्न लगाइएको हो ।

मन्त्री पोखरेलले शिलान्यास गर्ने विषयमा जानकारी नै नलिई लोकप्रियता कमाउन महोत्तरीको बर्दिवासको खयरमारामा निर्माण गर्ने तयारीमा रहेको निर्मल लामा नमुना प्राविधिक शिक्षालय र चितवनको माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालय शिलान्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्