बर्षा सिवाकोटीले आफ्नो लागि लेखेको स्टाटस पढेर रोइन् बर्षा राउत



३० बैशाख २०७६, काठमाडौँ

नायिका बर्षा राउतको लागि अर्की नायिका बर्षा सिवाकोटीले केहीदिन अघि फेसबुकमा निकै भावुक स्टाटस लेखेकी थिइन् । पछिल्लो समयमा यी दुई नायिकाबीच झगडा भएको चर्चा चलिरहेको थियो । यस्तैमा बर्षा सिवाकोटीले बर्षा राउतको लागि निकै मन छुने स्टाटस लेखेकी थिइन् ।

उनको स्टाटसबाट उनीहरुबीच कत्तिपनि दुश्मनी नभएको कुरा स्पष्ट हुन्छ । त्यस्तै बर्षा सिवाकोटीको उक्त स्टाटसमा बर्षा राउतले पनि मन छुने रिप्लाई दिएकी थिइन् । यस्तै एक अन्तवार्तामा बर्षा राउतले बर्षा सिवाकोटीले आफ्नो लागि लेखेको स्टाटसले आफू रोएको समेत बताइन् । उनले आफूहरु साथी हुँदा हुँदै पनि मिडियामा झगडाको कुरा आइरहँदा बर्षाले त्यस्तो स्टाटस हाल्दा आफूलाई खुसी लागेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्