बधाई छ ! ‘नेपाल आइडल’ का विक्रम बरालले गरे विवाह



३० बैशाख २०७६, काठमाडौँ

नेपाल आइडल सिजन २ का फस्ट रनरअप विक्रम बरालले नेपाल आइडल बाट निकै सफलता हासिल गरे । उनको आवाजको तारिफ नगर्ने सायद कोही छैनन् होला । उनले आफ्नो सुमधुर आवाजबाट लोभलाग्दो फ्यान फलोइङ बनाएका छन् ।

उनले चलचित्र प्रसाद मा गीत समेत रेकर्ड गराइसकेका छन् । उनै विक्रम बरालले आफ्नी प्रेमिका अनु गहतराजसँग लगनगाठो कसेका छन् । विक्रमले सुरुवातदेखि नै आफ्नी प्रेमिकालाई मिडियामा ल्याएका थिए । धेरै समयको प्रेमपछि उनले विवाह गरेका हुन् । विक्रम र अनुलाई हाम्रो तर्फबाट पनि वैवाहिक जीवनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्