‘को बन्छ करोडपति’ मा यी व्यक्तिले जिते एक करोड (भिडियो)



३० बैशाख २०७६, काठमाडौँ

राजेश हमालले सञ्चालन गर्दै आएको एपिवान टेलिभिजनबाट प्रशारण हुने अन्तराष्ट्रिय स्तरको रियालिटी शो को बन्छ करोडपति मा पहिलो पटक एक व्यक्तिले एक करोड जितेका छन् ।

को बन्छ करोडपति सुरु भएको धेरै समय भइसक्दा पनि कसैले एक करोड जितेका थिएनन् । राजिव जैन नामका व्यक्तिले एक करोड जितेका छन् । राजिवले को बन्छ करोडपति भन्दा अगाडी भारतमा प्रशारण हुने कौन बनेगा करोडपति मा पनि भाग लिन गएका थिए । तर उनी त्यहाँ सेलेक्ट भने हुन सकेका थिएनन् । को बन्छ करोडपति मा भने एक करोड जित्ने उनी पहिलो व्यक्ति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्