प्रधानमन्त्री ओली लागे भियतनामबाट कम्बोडियातिर



३० बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पाँच दिने भ्रमण पूरा गरी आज कम्बोडिया प्रस्थान गरेका छन् ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत–नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए ।

ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रहेको बताएका छन् ।

“११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र त्यसको सान्दर्भिकताको विषयमा विश्व समुदायलाई जानकारी दिने अवसर प्राप्त पाईयो ।” ओलीले भने ।

त्यस्तै उनले भियतनामसँग भएको १६ बूँदे सम्झौता छिट्टै कार्यान्वयनमा आउने जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्