आफ्ना पूर्व प्रेमी रणवीरका आमाबुबालाई भेट्न न्यूओर्क पुगिन् दिपिका, रणवीरकी आमाले दिइन् यस्तो उपहार



३० बैशाख २०७६, काठमाडौँ

दिपिका पादुकोण रणवीर कपुरकी पूर्व प्रेमिका हुन् । रणवीरसँग प्रेममा हुँदा दिपिका रणवीरको परिवारसँग निकै नजिक थिइन् । उनलाई नितू र ऋषिले निकै माया गर्थे । अहिले नितू र ऋषि ऋषिको उपचारको लागि अमेरिकामा छन् । यस्तै नायिका दिपिका पादुकोण पनि केही कामले न्यूओर्क पुगेकी थिइन् ।

दिपिका ऋषि र नितूलाई भेट्न पनि गइन् । नितू र ऋषि दिपिकालाई देखेर निकै खुसी भएका थिए । त्यतिमात्र नभएर नितूले दिपिकालाई निकै राम्रो ब्रासलेट उपहार दिएकी छिन् । दिपिकाले पनि आफू खुसी हुदै नितूले दिएको उपहार सामाजिक सञ्जालमा सेयर पनि गरेकी थिइन् । रणवीरसँग ब्रेकअप भएपनि दिपिकाको सम्बन्ध रणवीरको परिवारसँग भने निकै नजिक छिन् ।

प्रतिक्रिया दिनुहोस्