आज बलिउडकी बोल्ड नायिका सन्नी लियोनीको जन्मदिन, कति बर्षकी भइन् त उनी ?



३० बैशाख २०७६, काठमाडौँ

सन्नी लियोनी बलिउडकी निकै चर्चित नायिका हुन् । उनी नायिकाको रुपमा भन्दापनि यो क्षेत्रमा पोर्नस्टारको रुपमा आएकी थिइन् । उनी पोर्नस्टारकै रुपमा परिचित भएकी हुन् । उनले केही चलचित्र र आइटम गीतमा अभिनय गरिसकेकी छिन् ।

विशेषगरी सामाजिक सञ्जालमा सन्नीका बोल्ड तस्बिरले सधैँ चर्चा पाउने गरेका छन् । आज तिनै अभिनेत्रीको जन्मदिन रहेको छ । सन्नी आजबाट ३८ बर्षकी भएकी छिन् । पछिल्लो समयमा भने सन्नीले त्यस्ता उत्ताउला चलचित्रमा काम गरेकी छैनन् । सन्नी विवाहित छिन् । उनका ३ सन्तान पनि रहेका छन् । हाम्रो तर्फबाट पनि सन्नीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्