‘कलाकारलाई मेकअप नभई नहुने कुरा हो’ : बर्षा सिवाकोटी



३० बैशाख २०७६, काठमाडौँ

नायिका बर्षा सिवाकोटी यतिबेला चलचित्र विर विक्रम २ को प्रमोशनमा व्यस्त छिन् । चलचित्र विर विक्रम २ यहि जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । यसैबीच नायिका बर्षा सिवाकोटीले लगनखेलमा सञ्चालनमा आएको नयाँ मायाज् ब्यूटि पार्लरको रिवन काटेर ओपनिङ गरेकी हुन् ।

ओपनिङको समयमा बर्षाले हरेक मानिसको लागि मेकअप अपरिहार्य भएको बताएकी छिन् । उनले विशेष कलाकारको लागि मेकअप नभई नहुने कुरा भएको बताएकी छिन् । सुन्दर देखिनको लागि मेकअप जरुरी भएको पनि बर्षाले बताएकी छिन् । मायाज् ब्यूटि पार्लरले बर्षालाई १ बर्षसम्मको सम्पूर्ण पार्लर सुविधा निशुल्क गरिदिने भएको छ ।  त्यस्तै अन्य कलाकारको लागि पनि विशेष छुट दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्